नेपालगन्जको कपडा गोदाममा प्रहरीको छापा,जीपसहित पौने ११ लाखको सामाग्री बरामद

सोमबार, कात्तिक ५, २०८१
Neuro hospital Nepalgunj

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले नेपालगन्जको एक कपडा गोदाममा छापा मार्दै एउटा जीपसहित अवैध रुपले भण्डारण गरिएको ठुलो परिमाणको अवैध लत्ताकपडा, जीपसहित दुई जनालाई पक्राउ गरेको छ।

आज बिहानै नेपालगन्ज-२ घरबारी टोलस्थित एक कपडा गोदाममा आफैं पुगेका जिल्ला प्रहरी बाँकेका एसपी तुलबहादुर कार्कीको कमान्डको टोलीले अवैध रुपमा भणडारण गरि राखेको अवस्थामा ३ लाख ८५ हजार २ सय रुपैयाँ बराबरको कटन र उलनको कुर्ता सुरुवाल, स्वेटर बरामद गरेको हो।

प्रहरीले उक्त गोदामबाट कपडा ढुवानी गर्न राखिएको ७ लाख रुपैयाँको एउटा जीपसहित ढुवानीमा संलग्न रहेका दुई जनालाई पनि पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

बरामद गरिएको लत्ताकपडा र जीप गरि जम्मा १० लाख ८५ हजार २ सय रुपैयाँ बराबरको सामाग्री र दुई जनालाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्