एमालले सोध्यो भीम रावलसहितका नेतालाई स्पष्टीकरण

सोमबार, कात्तिक ५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा भीम रावलसहितका नेताहरूलाई स्पष्टीकरण सोधेको छ ।

आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीको निर्णयविरुद्ध गई अभिव्यक्ति दिने नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका महासचिव शङ्कर पोखरेलले लामो समय पार्टी नीतिसँग असहमत राखेर पार्टीको निर्णय र आचरण विपरीत विचार राखेको भन्दै पार्टीका पूर्व उपाध्यक्ष रावललाई स्पष्टीकरण सोधिएको बताए । पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका सन्दर्भका बारेमा चलिरहेका छलफल र बहसहरुमा पार्टी निर्णयको विरुद्धमा जाने, पार्टीका नेताहरूलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय गरेको बताए । उनले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णय विपरीत सार्वजनिक रूपमा अभिव्यक्ति दिएकोप्रति पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको बताए । 

उनले भने, ‘पछिल्ला घटनाक्रमका बारेमा छलफल गरेका छौँ । पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका सन्दर्भका बारेमा चलिरहेका छलफल र बहसहरुमा पार्टी निर्णयको विरुद्धमा जाने, पार्टीका नेताहरूलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय भएको छ । लामो समय पार्टी नीतिसँग असहमत राखेर आफ्ना विचार प्रकट गरिरहनुभएका पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई पनि पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णय विपरीत सार्वजनिक रूपमा अभिव्यक्ति दिनुभएकोमा के कति कारणले उहाँहरूले त्यस प्रकारका गतिविधि गरिरहनुभएको छ भन्ने विषयमा स्पष्टीकरण भएको छ ।’

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्