पोखरामा रास्वपाका कार्यकर्ताको प्रदर्शन, प्रहरी र कार्यकर्ताबीच घम्साघम्सी

आइतबार, कात्तिक ४, २०८१
Neuro hospital Nepalgunj

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आज पोखरामा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र रास्वपाका कार्यकर्ताबीच  घम्साघम्सी भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रशासन कार्यालयले कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि  लामिछाने पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् ।

निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्