जीप दुर्घटनामा दिदिभाइको मृत्यु,२८ जना घाइते

शनिबार, कात्तिक ३, २०८१
Neuro hospital Nepalgunj

नवलपुर । नवलपुरको कावासोतीमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बालुवाडाँडाबाट कावासोतीतर्फ आउँदै गरेको बा.प्र.०७ ००१ज ००२० नम्बरको जीप सडकको मोडबाट तल खसेर दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परी २८ जना यात्रु घाइते भएका छन्, जसमा ९ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा बुलिङटारकी पवित्रा मर्सांगी र पवन मर्सांगीको मृत्यु भएको हो । उनीहरु दिदीभाइ हुन् ।जीपमा पनि ३० जना चढेका र ओभरलोडकै कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्