सहकारी ठगीमा रवि लामिछाने पक्राउ

शुक्रबार, कात्तिक २, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो ।

सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनि पक्राउ परेका हुन् । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी)राईसँग मिलेर लामिछानेले गोर्खा मिडीया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

पूर्व डीआईजी छबिलाल जोशी, राई र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडीया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सुर्य थापा नेतृत्वको संसदिय छानविन समितिको निष्कर्ष छ।

लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् । रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ मा पक्राउ परेका थिए ।

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्