बेल्जियमको तिनेन नगरपालिकामा तिनेन आन्दर्सको प्रचारप्रसार व्यापक

बिहीबार, असोज २४, २०८१
Neuro hospital Nepalgunj

बेल्जियम । बेल्जियममा यहि १३ अक्टोबरमा हुने स्थानीय निर्वाचनलाई मध्यनजर गरेर तिनेन आन्दर्स गठनबन्धनले तिनेन नगरपालिका क्षेत्र भित्र आफ्नो चुनावी अभियानलाई तिब्र बनाएको छ । सोहि क्रममा उक्त समुहले घर दैलो लगायत अन्य चुनवी प्रचारप्रसार कार्यक्रमलाई व्यापक रुपमा अगाडी बढाएको छ ।

विगत लामो समयदेखि तिनेनको स्थानीय निकायले विकास निर्माणका कार्यहरुलाई खासै प्राथमिकता नदिदा आगामी चुनाव र स्थानीय विकासका कार्यक्रमहरुलाई तिब्रता दिन भोराउत, सेडे एण्ड भे, भिएलडे पार्टी र स्वतन्त्र मिलेर चुनावी गठबनधन गरेका हुन । यो गठबन्धनमा विगत लामो समयदेखि राजनैतिक अनुभब संगालेका र भित्र विविध क्षेत्रमा आफ्नो परिचय र व्यक्तित्व बनाएका व्यक्तिहरु रहेका छन् ।   

यो गठबन्धनले ठुला र महंगा परियोजनाको आलोचना गर्दै जनतालाई आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, सफा र व्यवस्थित शहर, राम्रो यातायात लगायतका मुद्धाहरुलाई चुनावी एजेण्डा बनाएको छ । 

गठबन्धनको नेतृत्व भोराउत पार्टीकी नेला देनेनले गरेकी छिन भने उनले यो गठबन्धनबाट मेयर पदमा उम्मेदवारी पनि दिएकी छिन । नेला  प्रान्तीय साँसद पनि हुन । 

गठबन्धनका सम्वन्धमा नेला भन्छिन “यो गठबन्धन तिनेनबासीका लागि, तिनेनबासीहरुले बनाएको गठबन्धन हो र यसको सबल पक्ष भनेको विविधता हो । हामी विविधतामा एकता र स्थानीय विकासको प्राथमितालाई मध्य नजर गरेर यो चुनावी मैदानमा छौ । प्रचार प्रसारको क्रममा हामीले स्थानीय समुदायबाट अपार माया र सहयोग समेत पाएकोले यो गठबन्धनले स्थानीय निर्वाचनमा बहुमत आउनेमा आशाबादी छौ” । 

नेला बेल्जियमको नेपाली समुदाय विच परिचित नाम हो भने उनी बेल्जियममा रहेका नेपाली समुदायका समस्या र अवसरका बारेमा गहिरो अध्ययन र रुची राखेकी छिन । उनको निर्वाचन संकेत तिनेन आन्दर्समा नम्वर १ रहेको छ ।

यसैगरी सोहि गठबन्धनबाट प्रान्तको सदस्यमा मार्क एलेनले उम्मेदवारी दिएका छन् । उनको निर्वाचन संकेत प्रान्त (प्रोभिन्स) ४ रहेको छ । यी दुबै नेपाली समुदाय बिच परिचित छन् ।  मार्क विगत लामोदेखि नगरपालिकामा आबद्ध रहेर समाजसेवा गरिरहेका छन् भने उनी तथ्याङ्क बिषयका आंशिक प्राध्यापक पनि हुन । उनले विश्व विद्यालय प्राध्यापन समेत गर्दछन् ।  

मार्क भन्छन “शिक्षा सबैका लागि महत्वपूर्ण बिषय भएता पनि सबैसंग उच्च शिक्षासम्मको अध्ययन गर्ने अवसर, क्षमता र योग्यता नहुन सक्छ । त्यसकारण आफुले उच्च शिक्षा अध्ययन गर्न नसकेकाहरुलाई सीपमूलक तालीम दिने र यसका लागि प्राविधिक बिद्यालयको दायरालाई अझ बढि फराकिलो बनाउनु पर्ने” भूमिका निर्वाह गर्ने बनाउँछन् । 

मार्कका केहि नेपाली साथीहरु समेत भएकोले आफु नेपाली खाना र सत्कारका विषयमा पनि परिचित भएको बताउँछन । उनले विविधता देश र आर्थिक सम्वृद्धिको आधार भएकोले यो बिषयलाई आत्मसाथ गर्दै भावि योजना समेत बनाउने बताउँछन् । 

त्यसैगरी यो गठबन्धनमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै बुद्ध बस्नेतले उम्मेदवारी दिएका छन् । बस्नेत तिनेनमा मात्र नभई बेल्जियमको नेपाली समुदायमा लोकप्रिय मानिन्छ् । उनी सन् १७ बर्ष देखि सोहि स्थानमा बस्दै आएका छन् । 

बस्नेतले बिगतमा साउथ एसियन क्रिकेट समुहको सदस्य, इन्द्र धनुष क्लबको महासिचब, हिमालयन सोसाइटीको महासचिब र नेपाल बेल्जियम फुटबल क्लबको महासचिबको रुपमा काम गरिसकेका छन् भने यो बिचमा बेल्जियमको स्थानीय राजनीतिका बारेमा समेत आफुले सुक्ष्म अध्ययन गरेर आफुले समाजबादी पार्टीको प्रतिनिधित्व गर्दै चुनावमा उम्मेदवारी दिएको बताउँछन । 

आफ्नो उम्मेदवारीका सन्दर्भमा बस्नेत भन्छन “तिनेनमा थोरैमात्रामा नेपाली समुदायको बसोबास रहेता पनि नेपाली समुदाय र अन्य प्रवासी समुदायको दैनिक जिवन र अधिकारका बारेमा आफुले स्थानीय तहमा सशक्त रुपले आवाज उठाउने र यसको कार्यान्वयनका लागि सबै भन्दा पहिले नगरपालिका भित्र बहुमत आवश्यक पर्ने भएकोले यो गठबन्धनलाई मतदान गरी बहुमत दिन आवश्यक भएको बताउँछन ।  

बस्नेत भन्छन् “विगत १२ बर्षदेखि स्थानीय सरकारमा भएका पार्टीहरुले आम नागरिकका आभारभूत आवश्यकताहरुलाई समेत बेवास्ता गरेको हुँदा आफुहरुले संयुक्त रुपमा प्यानल खडा गरेर शिक्षा, यातायात, स्वास्थ्य, वातावरण लगायत सुरक्षित तिनेनका मुख्य ऐजेण्डाहरुलाई स्थापित गर्न यो समुह बनाएर उम्मेदवारी दिएको” बताए । 

बस्नेतले बेल्जियममा हुने प्रान्तीय र पालिकाको निर्वाचनमा समाजबादी पार्टी भोराउतका उम्मेदवारहरुलाई मतदान गर्न समेत अपिल गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्