कोहलपुर खानेपानीमा टेकनारायण प्यानलको दबदबा, सबै मिल्दा पनि सकेनन् हराउन

शनिबार, साउन १३, २०८०
Neuro hospital Nepalgunj

कोहलपुर/बाँके । कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा पाँच दल एक साथ लडेको प्यानललाई हराउँदै लोकतान्त्रिक प्यानलका टेक नारायण भुषाल विजयी भएका छन् ।

आज बिहान सम्पन्न भएको मतगणनामा भुषाल १ सय ९७ मतान्तरले विजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित भुषालले १२१४ मत प्राप्त गरेका छन् भने गठबन्धनका साझा उम्मेदवार रुद्र खनालले १०१७ मत र  स्वतन्त्र प्यानलका उम्मेदवार विष्णु तिवारीले ३८२ मत प्राप्त गरे ।

उपाध्यक्षमा लोकतान्त्रिक प्यानलकै विर बहादुर विष्ट विजयी भएका छन् । विष्टले ११४१ मत ल्याए भने उनका निकटम् प्रतिद्वन्दी साझा प्यानलबाट उम्मेदवार बनेका यम बहादुर रावत क्षेत्रीले ८९४ मत र स्वतन्त्र प्यानलका मोहन प्रसाद चापागाईंले ४९८ मत ल्याए ।

सचिवमा पनि लोकतान्त्रिक प्यानलकै गोविन्द वाग्ले निर्वाचित भएका छन् । वाग्लेले १०५६ मत ल्याउँदा साझा प्यानलका  राम कृष्ण पाण्डेले ८९८ मत ल्याए । सहसचिवमा लोकतान्त्रिक प्यानलकै बाल कुमारी सापकोटा, कोषध्यक्षमा ध्रुव आचार्य,  सहकोषाध्यक्षमा ईश्वर प्रसाद शर्मा निर्वाचित भएका छन् ।

कुल ५२७७ मतदाता रहेको कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको शुक्रबार भएको निर्वाचनमा २८८७ मत खसेको थियो ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्