पत्रकार गौतमको पुस्तक युरोपमा बिमोचन

बुधबार, असोज २३, २०८१
Neuro hospital Nepalgunj

बेल्जियम । पत्रकार तथा लेखक मणिराज गौतमको पुस्तक प्रवासका फुलहरु पुस्तकको युरोपको राजधानी बेल्जियममा बिमोचन भएको छ । 

अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरद्धारा आइतबार आयोजना गरिएको उक्त विमोचन कार्यक्रममा प्रमुख अतिथिको आसनवाट बोल्दै बनेलक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जम्बर्ग) तथा युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले यो पुस्तक आफैमा प्रेरणादायी, मनन योग्य र बिदेशीभूमीमा नेपालीहरुले गर्ने गरेको संघर्षका कथाहरु समेटेकोले यसबाट धेरै कुरा बुझ्न र सिक्न सकिने बताए।

राजदुत राजभण्डारीले यस्ता पुस्तकहरुलाई अध्ययन गरेर बिदेशमा रहेका प्रवासी नेपालीहरुको अनुभवलाई बुझ्न सके देश विकासका लागि ठुलो सहयोग हुने बताउदै लेखक मणिराज गौतम्को यो पुस्तकले बिदेशमा रहेका नेपालीहरुको संघर्ष र सफलताको इतिहास समेटेको बताए।  

लेखक गौतमले यो पुस्तकमा मुलुक बाहिर रहेका मुलुकका असल छोराछोरीका जीबन्त कथा लेखिएको बताउँदै पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल, शैक्षिक अबस्था, राजनीति, परिबारिक अबस्था, बैदेशिक संघर्ष लगाएतका वास्तविक कथा समाबेश गरिएको जानकारी दिदै यो पुस्तकले बिदेशीभूमीमा श्रम र सफलता हासिल गरेकाहरुको दस्ताबेजको रुपमा आफुले चित्रण गर्न खोजेको बताए ।  

लेखक गौतमले यो पुस्तक लेखन कार्य सक्न करिब डेढ बर्षको समय आफुले खर्चिनु परेको जानकारी दिए । 

पुस्तक विमोचन कार्यक्रम अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारन्जितको सभापतित्वमा भएको थियो भने पुस्तकका बारेमा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, अनेसास केन्द्रीय उपाध्यक्ष डिल्ली अम्माई र अनेसास बेल्जियमका महासचिब गोपाल दाहालले पुस्तकका विविध पक्षहरुबारे चर्चा र टिप्पणी गरेका थिए। 

त्यसैगरी विमोचन कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरी भट्टराई, उपाध्यक्ष कासी दनै, ओेएनएफ बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने, जन सम्पर्क समिति बेल्जियमका उपसभापती बिराट जोशी लगायतले कृति सफलताको शुभकामना ब्यक्त गरेका थिए । 

पुस्तकमा लेखक संघ केन्द्रिय सदस्य हयगृब आचार्यको भाषा सम्पादन, कवि लेखक सम्प्रस पौडेलको कथा सम्पादन, श्रीराम दाहाल र बिना देबकोटाको श्रुति लेखन रहेको छ भने पुस्तकको प्रकाशन, लेआउट डिजाइन आकृति कृयसन राम अबिकास र बितरकमा किताब घर हेटौंडाका छवि अनित्य रहेका छन् ।           

हेटौडा निवासी पत्रकार गौतम नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष समेत हुन भने उनी विगत दुई दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  २१:०१
प्रतिक्रिया दिनुहोस्