दाउन्ने सडक फेरि अवरुद्ध

शनिबार, असोज १९, २०८१
Neuro hospital Nepalgunj

नवलपरासी । फेरि दाउन्ने सडक भासिएको छ।  पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व-पश्चिम राजमार्ग आज बिहान ५ बजेदेखि पूर्णरूपमा अवरुद्ध भएको छ ।

जिल्लाको बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताए ।

सूचना अधिकारी बोहराका अनुसार सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त प्रयास भइरहेको छ ।

सडक सर्मत गरेर सवारी साधन सञ्चालन गर्नका लागि समय लाग्ने उनले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्