बाढीपहिरोमा हालसम्म २३९ जनाको मृत्यु

शुक्रबार, असोज १८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । हालसालैको भीषण वर्षा पछिको बाढीपहिरामा परी २३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ। 

सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्