दंगीशरणमा ५० प्रतिशत अनुदानमा आलुको बीउ बितरण

बुधबार, असोज १६, २०८१
Neuro hospital Nepalgunj

दाङ । दाङको दंगीशरण गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सन्चालित भिटा परियोजना अन्तर्गत दंगीशरण गाउँपालिका वडा नं. १ र २ का समूहमा आबद्ध किसानहरूको माग अनुसारको आलुको बीउ बितरण गरीएको छ।

पहिलो चरणमा हावापानी र भौगोलिक भु- बनोटका आधारमा ५० प्रतिशत अनुदानमा वडा नं. १ र वडा न २ मा आलुको बीउ बितरण गरिएको हो । 

क्रमश गाउँपालिकाका अन्य वडामा पनि आलुको बिउ बितरण गरिने गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए । आलुको बीउ वितरण गर्दै गाउँपालिका अध्यक्ष गिरीले आफूहरुले किसानहरूको माग अनुसारको बिउबिजन बितरण गरिने बताए ।

दंगीशरण गाउँपालिकामा धेरैजसो किसानहरुको बाहुल्यता रहेकाले किसान लक्षित कार्यक्रमहरु ल्याइने अध्यक्ष गिरीले बताए ।

 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  २२:३३
प्रतिक्रिया दिनुहोस्