सर्वोच्चको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम अनुमोदन

बुधबार, असोज १६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो। 

समितिले राउतको सुनुवाई बुधबार नै गरेको थियो। समितिमा राउतले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै आफूविरुद्ध परेका उजुरीको खण्डन गरेका थिए ।

संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको थियो ।

बहालवाला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकाल यही शनिबार सकिँदैछ । 

अब समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्