आजदेखि कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य हुँदै

बुधबार, असोज १६, २०८१
Neuro hospital Nepalgunj

सुर्खेत । कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आज राति १२बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ ।

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन बुधबार राति १२ बजे लागू हुनेगरी प्रदेश प्रमुख यज्ञराज जोशीले अधिवेशन अन्त्य गरेको जानकारी दिए । 

सभामुख गुरुङले चालु अधिवेशनमा आजसम्म ३३ बैठक बसी ४६ घण्टा १५ मिनेट व्यतित गरेको बताए ।

अधिवेशन अन्त्यका लागि बसेको सभाको बैठकमा मुख्यमन्त्री यामलला कँडेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सबै निकाय प्रतिबद्धतापूर्वक लाग्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्