सुरु भयो राप्तीसोनारी-२ मा कांग्रेसको 'संगठन सुदृढीकरण अभियान'

मंगलबार, असोज १५, २०८१
Neuro hospital Nepalgunj

बाँके  । नेपाली कांग्रेस बाँकेको पार्टी संगठन सुदृढीकरण अभियान राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ मा सुरु भएको छ । 'जेष्ठ नागरिक, महिला र युवाको योगदानस् पार्टी संगठन सुदृढीकरणमा बाँके काँग्रेसको अभियान' आजदेखि सुरु गरिएको हो । 

नेपाली काँग्रेस राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का सभापति नन्दलाल बस्नेत र नेपाली काँग्रेस बाँकेका प्रतिनिधि तथा जिल्ला प्रवक्ता डिल्ली गिरीको प्रमुख आतिथ्यतामा अभियानको सुरुवात गरिएको छ ।

चार महिने अभियान अन्तर्गत वडा तहमा टोल भेला र बैठक गर्ने, बडा दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने, साधारण सदस्यता तथा नबिकरण कार्ड बितरण गर्ने, जेष्ठ नागरिक सम्मान, युवा लक्षित भलिबल खेल प्रतियोगिता, सामुदायिक वनका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेला गर्ने, सामुदायिक वनका महिलाहरूको हाजिरीजवाफ प्रतियोगिता, जनप्रतिनिधिसंग भेला, शुभेच्छुक तथा भ्रातृ संस्थाका प्रतिनिधिसंग भेला, प्रशिक्षण कार्यक्रम र वडा सम्मेलन गर्ने निर्णय गरिएको छ । 

अभियानलाई सार्थक बनाउन भाषण केन्द्रित भन्दा पनि छलफल, विमर्श र अन्तरक्रियामा जोड दिइने गिरीले बताए । 'यी कार्यक्रम गर्न ४ महिनाको योजना बनाएका छौं र यी कार्यक्रम सम्पन्न गर्न म नियमित लागिपर्नेछु,' उनले भने । कार्यक्रममा गाउँपालिका सभापति भिम बहादुर राना क्षेत्री लगायत नेता कार्यकर्ता उपस्थित थिए।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २२:१७
प्रतिक्रिया दिनुहोस्