अभिनेता गोविन्दा गोली लागेर घाइते

मंगलबार, असोज १५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । भारतीय अभिनेता गोविन्दालाई गोली लागेर घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको हो ।

उनको आफ्नै पेस्तोलबाट गोली लागेको भारतीय सञ्चार माध्यमहरुले स्रोतको प्रयोग गर्दै लेखेका छन् । 

आज बिहान स्थानीय समयअनुसार ४ः४५ बजे उनलाई गोली लागेको हो । ६० वर्षीय गोविन्दाले आफ्नो पेस्तोल सफा गर्ने क्रममा मिस फायर भएर गोली लागेको हो । 

मुम्बई प्रहरीले समयमै पुगेर उनको पेस्तोल नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा अनुसन्धान थालेको पनि प्रहरीले जनाएको छ । 

प्रहरी वरिष्ठ अधिकारी परमजीत सिंह दहियाले जुन पेस्तोलबाट गोली लागेको हो त्यसको लाइसेन्स भएको बताए । 

गोविन्दाको मुम्बईस्थित क्रिटी केयर अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टाबाट धेरै नै रगत बगेपनि अस्पतालका अनुसार शुरुआती उपचारपछि गोविन्दा खतरामुक्त रहेका छन् । 

गोविन्दाका व्यवस्थापक शशि सिन्हाका अनुसार गोविन्दा एक कार्यक्रमका लागि कोलकाता जाँदै थिए । उनको बिहान ६ बजेको फ्लाइट रहेको थियो । 

आलमारीमा पेस्तोल राख्दा मिस फायरिङ हुँदा घुँडाभन्दा मुनिको भागमा गोली लागेको हो । उनको खुट्टाबाट गोली निकालिसकिएको छ । 

 

 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्