विपदबाट मृत्यु हुनेको संख्या २१७ पुग्यो

मंगलबार, असोज १५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । गत बिहीबारदेखि लगातार तीन दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढी-पहिरो र डुबानबाट हालसम्म २१७ जनाले ज्यान गुमाएका छन् ।

देशभरमा प्राकृतिक विपदबाट २१७ जनाको मृत्यु हुँदा अझैसम्म २८ जना बेपत्ता भएको नेपाल प्रहरीले जानकारी दिएको छ। बिपदमा १४३ जना घाइते भएका छन् ।

बाढी-पहिरोमा बेपत्ता भएकाहरुको खोजीमा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालित रहेको प्रहरीले जनाएको छ। 

यता सरकार विपदबाट ज्यान गुमाउने परिवारलाई जनही दुई लाख रुपैयाँ राहत दिने घाइतेहरुको निशुल्क उपचार गर्ने भएको छ।

 

 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्