सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । बाढी-पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई सरकारले जनही दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको संचार मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
त्यस्तै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक अर्ब जम्मा गर्ने निर्णय गरेको छ । जसमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको एक महिनाको तलबसमेत राखिने छ ।
तीन दिन राष्ट्रिय शोक मनाउने, राष्ट्रिय झण्डा आधा झुकाउने र १० दिन भन्दा बढी हराएकाहरु आफन्तलाई २ लाख दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।