लुम्बिनी पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

सोमबार, असोज १४, २०८१
Neuro hospital Nepalgunj

नेपालगन्ज । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।

१५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन् । 

लुम्बिनी प्रदेशमा आर्थिक बर्ष २०८०-०८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० शून्य डोजका र दुई हजार तीन सय ४३ खोप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खोजी गरेर पूर्ण खोप लगाइएको छ ।

लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गरिएपछि पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । घोषणा कार्यक्रममा स्वास्थ्य मन्त्री खेम सारु लगायत स्थानीय तहका प्रमुखरउपप्रमुखहरुको सहभागिता थियो ।

बालबालिकाहरुमा विभिन्न सरुवा रोगबिरुद्ध खोप लगाइँदै आएको छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस, जापानी इन्सेफलाइटिस, टाइफाइड, रोटा भाइरसबाट हुने झाडापखाला बिरुद्ध खोप उपलब्ध गराउँदै आइएको हो । नेपालमा २०६९ पुस १४ गते अछाम जिल्लाको भागेश्वर गाउँविकास समितिबाट पूर्ण खोप घोषणा गरी सुरु गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्