घट्यो पेट्रोलियम पदार्थको मूल्य

सोमबार, असोज १४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटाइएको हो ।

आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा १ रुपैया, डिजेलमा २ ररुपैयाँ , हवाई इन्धनमा आन्तरिकमा ६ रुपैयाँ तथा बाह्यमा प्रति हजार लिटरमा ४५ रुपैयाँ , मट्टितेलमा २ रुपैयाँ  घटाइएको जनाएको छ।

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली  ४१ रुपैयाँ  बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । 

इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्