सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज/सोमबार, असोज १४, २०८१। वडा प्रहरी कार्यालय नेपालगन्जले पौने १२ बढीको अवैध मोबाइल डिस्प्ले बरामद गरेको छ
अवैध रुपले भन्सार छ्ली गरेर भारतबाट नेपालगन्ज भित्र्याइएको ११ लाख ८८ हजार रुपैयाँ बराबरको १ हजार ८० पिस मोबाइल डिस्प्लेलाई आज वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमको टोलीले नेपालगन्ज-४ सल्यानीबाग नजिकबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
आज बरामद गरिएका मोबाइल डिस्प्लेलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार बुझाइएको बाँके प्रहरीले जनाएको छ।