सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । काभ्रे र धादिङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गृह मन्त्रालयमा फिर्ता बोलाइएका छन् ।
गृह मन्त्रालयले काभ्रेका सीडीओ सुर्यप्रसाद सेडाई र धादिङका सीडीओ राजेन्द्रदेव पाण्डेलाई मन्त्रालय तानेको हो।
गृह मन्त्रालयले दिएको जानकारी अनुसार काभ्रेमा उमेश ढकाल र धादिङमा सुमन घिमिरेलाई पठाइएको छ। तीन दिनको अविरल वर्षाका कारण दुबै जिल्लामा ठुलो धनजनको क्षति भएको थियो।
यता गृह मन्त्रालयले उनीहरुको नियमित सरुवा भएको जनाएको छ।