बाँकेको राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना हुँदा रामको मृत्यु, हेम-प्रकाश घाइते

शनिबार, साउन १३, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज्म  । बाँकेको राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

गए राती १२ बजे राप्तीसोनारी गाउँपालिका-४ हुलाकी राजमार्ग अन्तर्गत सुर्यलालपुर चोकमा बा ५५ प ५०३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय चालक  राम थारुको मृत्यु भएको राप्तीसोनारी-४ का वडाध्यक्ष मीनराज खड्का (सन्तोष)ले जानकारी दिएका छन् ।

गाउँपालिकाको धामपुर तर्फबाट सुर्यलालपुर जाँदै गरेको   तीन जना सवार मोटरसाइकल अनियन्त्रित  भएर दुर्घटना भएको वडाध्यक्ष खड्काले बताए।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका राप्तीसोनारी-३ का रामको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको हो भने घाइते हेमकुमार थारु र प्रकाश थारुको उपचार भइरहेको खड्काले जानकारी दिएका छन् 

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको वडाध्यक्ष खड्काले जानकारी दिएका छन् ।

 

 

   

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्