झ्याप्ले पहिरो अपडेट: पुरिएका गाडीबाट २९ जनाको शव निकालियो

आइतबार, असोज १३, २०८१

काठमाडौं  । धादिङको पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-नागढुङ्गा सडकको झ्याप्ले खोलामा पहिरोले पुरिएका बसहरुबाट अहिलेसम्म २९ जनाको शव निकालिएको छ ।

प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार अहिलेसम्म १५ जनाको शव निकालिएको हो । 

अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्रसहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले अनुरोध गरेको छ ।   

झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरोमा खोजी  गर्दा आइतबार बिहान बस र माइक्रो बस भेटिएको हो । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्