गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुवहाक बस सम्पर्कविहीन

आइतबार, असोज १३, २०८१

गोरखा । गोरखाको लापुबेसिबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस सम्पर्कविहीन भएको छ ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको बताइएको छ ।

गोरखा दरौदी यातायत प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानीखोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि कोही कसैसँग सम्पर्क भएको छैन ।

उक्त बसमा कति यात्रु थिए भन्नेबारे पनि यकिन नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १०:०५
प्रतिक्रिया दिनुहोस्