बाढी घटना अपडेट: काठमाडौं उपत्यकाका तीन जिल्लामा ३२ जनाको मृत्यु, १२ जना बेपत्ता

शनिबार, असोज १२, २०८१

काठमाडौं । काठमाडौं उपत्यकामा परेको अविरल वर्षासँगै आएको बाढी र डुवानमा उपत्यकामा मात्रै अहिलेसम्म  ३२ जनाको मृत्यु भएको छ। बाढीमा १२ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

बाढीमा काठमाडौंमामात्रै ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएको काठमाडौं प्रहरीले जनाएको छ।  त्यसैगरी ललितपुरमा १६ जनाको मृत्यु भएको छ । ललितपुरमै ११ जना बेपत्ता भएका छन् । भक्तपुरमा  अहिलेसम्म बाढीमा ५ जनाको मृत्यु भएको छ ।

उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना घाइते भएका छन् ।

काठमाडौं ,ललितपुर र भक्तपुरमा कुल एक हजार ५३ जनालाई प्रहरीले उद्दार गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा गरी चार हजार ५१० जना प्रहरी उपत्यकामा खटिएको उपत्यका प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्