भेरी अस्पतालमा एमडी अध्ययनका लागि प्रक्रिया अघि बढ्यो

शुक्रबार, असोज ११, २०८१
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा पिजी कार्यक्रमका (एमडीरएमएस अध्ययन) लागि नेशनल ऐकेडमी अफ मेडिकल साइन्स ९न्याम्स० सँग सम्झौता भएको छ । पिजी कार्यक्रमका लागि सम्झौतापत्रमा आज हस्ताक्षर भएसँगै भेरी अस्पतालमा एमडीरएमएस अध्ययनको बाटो खुलेको छ ।

न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेत र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । ‘भेरी र न्याम्सबीचको यो सम्झौता पत्रलाई एकेडेमिक काउन्सिलको आजको बैठकमा पेश गरिएको छ,ु डा। सुवेदीले भने–‘सम्भवतः आजै पारित हुन्छ । त्यसपछि २१ गते न्याम्सको सिनेटले निर्णय गर्नेछ ।’

तीन वर्ष अघि तत्कालीन मेसु डा। प्रकाश बहादुर थापा र तत्कालीन उपकुलपति गणेश गुरुङबीच पनि भेरी अस्पतालमा एमडीरएमएस अध्ययनका लागि सम्झौता भएको थियो । त्यही अनुसार भेरी अस्पतालका तत्कालीन अर्थोपेडिक विभाग प्रमुख डा. विनोद थापालाई प्रोफेसर बनाइएको थियो । थापा तथा अर्थोपेडिक सर्जनद्वय तिर्थेन्द्र खड्का र प्रकाश बहादुर थापाको अण्डरमा रहने गरी न्याम्सले ८ जना विद्यार्थी अध्ययनका लागि भेरीमा पठाएको थियो । सरकारले शैक्षिक दरवन्दी नपठाउँदा यो कार्यक्रम बीचमै रोकिएको थियो ।

तीन सय वेडमाथिका संघीय अस्पतालहरुमा पिजी कार्यक्रम सञ्चालन गर्ने नेपाल सरकारको नीति छ । सिनेटले सम्झौता पारित गरे भेरी अस्पतालका कन्सल्टेन्ट चिकित्सकहरुले फ्याकल्टी पोष्ट प्राप्त गर्नेछन् । ‘भेरी अस्पतालको गुणस्तरीय सेवा प्रवाहलाई सकारात्मक प्रभाव पार्नका निमित्त पनि अस्पतालमा शैक्षिक, गतिविधिलाई बढाउन आवश्यक छ,' उनले भने–‘यो सम्झौताले मापदण्ड पूरा गरेका कन्सल्टेन्ट चिकित्सकहरुले प्राध्यापक, सह–प्रध्यापक लगायतका पोष्टहरु पाउनेछन् ।’

त्यसैको आधारमा न्याम्सले एमडी÷एमएस अध्ययनका लागि भेरी अस्पताललाई विद्यार्थी संख्या पठाउनेछ । 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्