सरस्वती मावि राप्तीसोनारीकाे वार्षिकोत्सब सम्पन्न, उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मानित

शुक्रबार, असोज ११, २०८१
Neuro hospital Nepalgunj

फत्तेपुर(बाँके) । बाँकेकाे राप्ती साेनारी गाउँपालिका वडा नं-६ स्थित सरस्वती माध्यमिक विद्यालय पनेरियाकाे २४ औं वार्षिकउत्सव तथा विद्यालय सामाजिक परिक्षण सम्पन्न भएकाे छ । 

सरोकारवाला तथा अभिभावकहरूकाे उपस्थितिमा विहिबार आर्थिक वर्ष २०८०-०८१ को सामाजिक परिक्षण, अभिभावक भेला गरि  विद्यालयकाे २४ औं वार्षिक उत्सव मनाइएकाे हाे । 

कार्यक्रमका प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल प्रमुख अतिथि पौडेलले शिक्षाको गुणस्तरमा वृद्धि गर्न शिक्षक अभिभावक र सरोकारवाला निकायको अहम भुमिका हुने बताए । 

शिक्षामा थप स्रोत साधन आवश्यक भएको कुरा पनि औल्याउँँदै अध्यक्ष पाैडेलले पालिका यश आर्थिक वर्षमा सुधारका केही याेजनाहरू संचालन गरिने बताए।

कार्यक्रमका विशिष्ट अतिथि राप्तीसोनारी गाउपालिकाका वडा नं-६ वडा अध्यक्ष लवराज खरेलले शिक्षा नै समाज परिवर्तनको महत्वपूर्ण साधन भएकोले आफ्ना बालबालिकाको शिक्षामा ध्यान दिन सरोकारवालालाई उत्प्रेरित गरेका छन्  ।

साे कार्यक्रमकाे अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य वविता थापालाई उत्कृष्ट सदस्यका रूपमा, शिक्षक अभिभावक संघ सदस्य कालिदेवी बुढाथोकीलाई उत्कृष्ट सदस्य, उत्कृष्ट शिक्षक अन्जु आलेमागर र उत्कृष्ट विद्यार्थी पुजा वलीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी २०८१ को त्रैमासिक परीक्षा अन्तर्गत कक्षागत प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थी र अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो भने विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो।

शिक्षक अभिभावक संघका अध्यक्ष तथा सामाजिक परिक्षण समितिका संयोजक लक्ष्मण थारु अध्यक्षतामा भएकाे साे कार्यक्रममा प्रधानाध्यापक महारुप जैशीले विद्यालय सामाजिक परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८०-०८१ को कार्यप्रगति र आय व्यायको विवरण प्रस्तुत गरेका हुन्  

साथै आर्थिक वर्ष २०८१-०८२ मा विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकिय पक्षमा अझै सुधार गर्दै लैजाने भावि योजनासमेत अभिभावकहरु माझ प्रस्तुत गरिएको थियाे ।  

अभिभावकहरुको उल्लेख्य सहभागिता कार्यक्रममा विद्यार्थी भाइबहिनिहरुले आफ्नो प्रतिभा समेत देखाएका थिए । शिक्षक अर्जुन जिजङ्ग रेउले र उषा कुमारी थापाले साे कार्यक्रम संचालन गरेकी हुन्  ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्