अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी

शुक्रबार, साउन १२, २०८०

काठमाडौं । केही समयअघि सञ्चारमाध्यमलाई दिएको विवादास्पद अभिव्यक्ति प्रकरणलाई लिएर अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  

आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । 

उनीमािथ जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ । पक्राउ पुर्जी जारी भएसँगै उनको खोजी भइरहेको प्रहरीको भनाइ छ । 

प्राइम टेलिभिजको अन्तर्वार्तामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने सन्तान आपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १९:४४
प्रतिक्रिया दिनुहोस्