नेपालगन्जबाट सवा २ लाख बढीको अवैध लत्ताकपडा बरामद

बिहीबार, असोज १०, २०८१

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छली गरि ल्याइएको ठुलो परिमाणमा अवैध लत्ताकपडा बरामद गरेको छ।

बाँके प्रहरीको टोलीले नेपालगन्ज-४ बसपार्क आसपासबाट अवैध रुपले ल्याइएको लेडिज कटन सुट, लेडिज सारी, उलन कुर्ता, बर्को र मखमलको कपडा लगायतका अन्य लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

बाँके प्रहरीले बरामद गरेको २ लाख २४ हजार ७ सय रुपैयाँ बराबरका सबै अवैध लत्ताकपडालाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको जानकारी दिएको छ। 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्