फेरि राप्तीसोनारीको बैजापुर सडकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते

बिहीबार, असोज १०, २०८१

नेपालगञ्ज, । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा आज मध्यान्हमा दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ आलानगरका ३९ बर्षीय लोक बहादुर बन्शी मगरको मृत्यु भएको हो । गम्भीर घाइते बन्शी मगरलाई अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विपरीत दिशाबाट आइरहेका भे ७ प ४३४० नम्बरको मोटरसाइकल र अर्को एक मोटसाइकल ठोक्किँदा राप्तीसोनारी ६ छट्कपुर बस्ने २९ बर्षीय राधेश्याम थारु घाइते भएका छन्  ।

थारुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुबै जना मोटरसाइकल चालक हुन् । 

उक्त सडक खण्डको बैजायुर नजिक असोज २ गते दुई वटा मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु हुँदा १ जना घाइते भएका थिए।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्