खेलाडीले नेपालगञ्ज रंगशालामा खेल्न नपाएपछि बिरोध

बुधबार, असोज ९, २०८१
Neuro hospital Nepalgunj

नेपालगञ्ज  ।  नेपालगञ्ज रंगशालामा सात वर्षदेखि खेलाडीहरुलाई खेल्न नदिएपछि त्यसको बिरोध सुरु भएको छ । रंगशालामा पूर्वाधार निर्माण भइरहेको भन्दै खेलाडीलाई खेल्न रोक लगाइएको छ । नेपालगञ्ज रंगशालामा खेलाडीले खेल्न नपाएको भन्दै बाँके जिल्ला फुटबल संघले त्यसको बिरोध गरेको छ ।

बाँके जिल्ला फुटबल संघले आज सरोकारवाला निकायलाई यसको बारेमा ध्यानाकर्षण गराएको छ । बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम्  अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँकेलाई ध्यानाकर्षणपत्र प्रदान गरिएको छ । अध्यक्ष शाहीले प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई खेलाडीको खेल्ने अधिकार सुनश्चित गरिदिनको लागि अपिल गर्दै ध्यानाकर्षणपत्र बुझाए ।

नेपालगञ्ज रंगशालामा विगत सात वर्षदेखि खेलाडीहरुले प्रशिक्षण गर्न पाएका छैनन् । खेलाडीले लामो समयदेखि रंगशालामा खेल्न नपाएपछि त्यसको बिरोध हुँदै आएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को मातहतमा रहेको नेपालगञ्ज रंगशालामा प्रशिक्षण र खेलकुदका गतिविधि गर्न नपाएको भन्दै त्यसको बिरोध हुँदै आएपनि सुनुवाई भने हुन सकेको छैन ।

निःशुल्करुपमा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम आयोजना गर्नको लागि बाँके जिल्ला फुटबल संघले मैदान मागेको थियो । तर, संघले मैदान नपाएपछि बिरोधमा उत्रिएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्