सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । नेपाल बार एशोसिएसनका अधिवक्तकाहरु आन्दोलित भएका छन् । विभिन्न पाँच ओटा माग राखेर उनीहरु आन्दोलित भएका हुन् ।
यस्ता छन् मागहरु– १-न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर ।
२- न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर।
३- स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ ।
४- मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ मा भएको संशोधन खारेज गरी पूर्ववत् व्यवस्था लागू गर ।
५-बिगो, जरिबाना तिरेपश्चात मात्र पुनरावेदन, मुद्दा दोहोऱ्याई पाऊँ निवेदन दर्ता गर्ने स्वेच्छाचारी र गैरन्यायिक कार्यको अन्त्य गर ।