वडाध्यक्षको निधनमा शुद्धोधन गाउँपालिकामा शोक बिदा

बुधबार, असोज ९, २०८१
Neuro hospital Nepalgunj

कपिलवस्तु  । जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्षको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष तिलकराम यादवको मृत्यु भएको हो ।

यादवको भारतको दिल्ली एपोलो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । वडाध्यक्षको मृत्युमा गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले दुःख ब्यक्त गर्दै शुद्धोधन गाउँपालिकाले एक होनहार समाजसेवी गुमाएको  बताए ।

यादव नेपाली कांग्रेसबाट वडा नं १ को वडाध्यक्षमा २०७४ र २०७९ सालमा पनि निर्वाचित वडाध्यक्ष हुन् ।  

उनको निधनमा नेपाली  कांग्रेस  लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, जिल्ला सभापति अब्दुल कलाम खाँ मुसलमान र नेपाली  जिल्ला कार्य समितिका पूर्व जिल्ला सभापति राजेश आर्चायले  पार्टीले एक सच्चा र इमान्दार कार्यकर्ता गुमाएकोमा दुःख ब्यक्त गरेका छन् ।

साथै गाउँपालिकाले वडाध्यक्ष यादवको दुःखत निधन भएकोमा आज  पालिकाकाबाट प्रवाह हुने सेवा सुविधा बन्द रहने जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्