किसानलाई जैविक मल उत्पादन गर्न सिकाउँदै राप्तीसोनारी गाउँपालिका

मंगलबार, असोज ८, २०८१
Neuro hospital Nepalgunj

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाका किसानलाई लक्षित गरी झोल मल तथा जैविक मल सम्वन्धि तालिम दिन सुरु गरेको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ सर्राबाट तालिमको सुरुवात गरिएको कृषि शाखाका नायब प्राविधिक सहायक खड्क केसीले बताए ।

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले तालिमको उद्घाटन गरेका थिए । त्यसक्रममा उनले झोल मलले बालीमा लाग्ने रोग तथा कीरा नियन्त्रण गर्ने र रासायनिक मलको तुलनामा लागत खर्च पनि कम लाग्ने भएकाले किसानहरुलाई जैविक मल उत्पादनमा जोड दिए । पछिल्लो समय बालीनालीमा विषादीको बढ्दो प्रयोगका कारण सुरक्षित उत्पादनमा चुनौती थपिएका बेला किसानहरुलाई यस सम्वन्धि सचेतनाका लागि पनि यो तालिमको आवश्यकता रहेको उनको भनाई छ।

झोल मल गाईवस्तुको गोबर, पिसाब, असुरो, सिस्नु, तितेपाती, निम र बकाइनो जस्ता विभिन्न वनस्पतिहरूबाट तयार पारिन्छ । रासायनिक मल तथा रासायनिक विषादीको सट्टामा झोल मल प्रयोग गरी रोग तथा कीरा नियन्त्रण गर्न सकिने भएकाले यसको महत्व बढ्‌दै गएको वडा नम्बर ७ का कार्यबाहक अध्यक्ष दिपबहादुर थारुले बताए । 

वडा नम्बर ७ बाट सरु भएको तालिम पालिकाका १ देखि ९ नम्वरसम्मकै वडामा दिने तयारी पालिकाको छ। त्यसका लागि चालू आर्थिक वर्षमा ६ लाख बजेट विनियोजन गरिएको केसीले बताए । तालिममा झोल मल तथा जैविक मल कसरी बनाउने रु यसका फाइदाहरु के(के छन् रु यसको प्रयोग विधि, विषादी नियन्त्रणमा यसले पुर्याउने लाभ लगायतका बारेमा किसानहरुलाई जानकारी गराइने छ । 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १९:४२
प्रतिक्रिया दिनुहोस्