कोहलपुरमा छोराले गरे बुवाको हत्या

सोमबार, असोज ७, २०८१

नेपालगन्ज बाँकेमा पिर्काले हानेर छोराले बुवाको हत्या गरेका छन् । कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई छोरा दिप बहादुर क्षेत्रीले पिर्काले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले  जानकारी दिएको छ ।

असोज २ गते राति बावु र छोराको झगडा परेपछि आफ्नै छोराले बुवालाई पिर्काले हानेर हत्या गरेका हुन् ।

प्रारम्भिक अनुसन्धानमा राति दुवै जनाले रक्सी खाएको र केही समयपछि झगडा भएको देखिएको प्रहरीले जनाएको छ ।

पिर्का प्रहारबाट गम्भीर  घाइते भएका क्षेत्रीको उपचारको क्रममा असोज ३ गते नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको कोहलपुर प्रहरीले जानकारी दिएको छ । छोरा दिप बहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्