सहकारी ठगी प्रकरण: पूर्व डीआईजी जोशीलाई पोखरा ल्याइयो

आइतबार, असोज ६, २०८१

गण्डकी । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसूरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) एवं गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।

अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले बताए ।

उनलाई सोमबार अदालतमा पेस गरिनेछ । जोशीलाई आज पक्राउ गरिएको थियो।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्