सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रसाईंलाई आज भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रसाईंलाई असोज २ मा जिल्ला अदालत काठमाडौँले पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।
प्रहरीले प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
साइबर ब्युरोले भक्तपुर प्रहरीको सहयोगमा प्रसाईं उनकै भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।