मिटरव्याज सम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

शुक्रबार, साउन १२, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज  मिटरव्याज सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्। 

राष्ट्रपति पौडेलले  मिटरव्याजसम्बन्धी मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको सो विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी  दिएको छ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्