दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुशी छाएको छ: सभापति देउवा

शनिबार, असोज ५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका   छन् ।

सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुशी छाएको दाबी गरेका छन् । 

आज काभ्रेको धुलिखेलमा बीपी कोइरालाको शालिक अनावरण गर्दै उनले सत्ता सहकार्य गरेर दलहरूले जनताको पक्षमा काम गर्नुपर्ने बताए । सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । 

कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका थिए । 

देउवाले भने, ‘-एमाले र कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो । दुई वटै पार्टी मिल्दा खेरी के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरूलाई। तर प्रतिस्पर्धी पार्टी मिल्दा खेरी देशभरिमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरू खुशी भएका छन् ।

 

 

 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्