कुबेर शाह स्मृति कप भलिबलको उपाधि ज्ञानज्योतीलाई

शनिबार, असोज ५, २०८१
Neuro hospital Nepalgunj

लक्ष्मण बस्नेत/दाङ  । दाङको तुलसीपुरस्थित अरनिको मैदानमा संचालित स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियाेगिता २०८१ को उपाधी ज्ञानज्योती कलेज तुलसीपुरले जितेको छ।

नेपाली कांग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङकाे प्राबिधिक ब्यबस्थापनमा अरनिको मैदानमा संचालित प्रतियोगिताको फाइनल खेलमा ग्रेट अरनिको माबी तुलसिपुर २५-१३,२५-१४ र २५-१४ अर्थात ३-० को सोझो सेटमा पराजित गर्दै ज्ञानज्योतीले उपाधि जितेको हो । उपाधिसंगै विजेता ज्ञानज्योतिले नगद १  लाख ५  हजार,कप , मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाइनलमा पराजित अरनिको उपबिजेतामा सिमित रहदै नगद नगद ६५ हजार पाएको हो। त्यस्तै हेलो मोबाई ए तुलसीपुरले तृतिय स्थान हात पार्‍यो ।  तृतिय हुने हेलो मोबाईले नगद पुरस्कार ३५ हजार,कप प्राप्त गरेको हो।

तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको बिकास र बिस्तारमा अतुलनीय योगदान पुर्‍याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय शाहको स्मृति तथा सम्झनामा नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा बेष्ट प्लेयर खेलाडी ज्ञानज्योती कलेजका हेमन्त मल्ल भए ।

 उनले नगद ३५ सय र ट्रफी हात पारे । त्यस्तै वेष्ट ब्लकर ज्ञान ज्योतिकै चिरण खड्का, वेष्ट स्पाइकर ग्रेट अरनिकोका बिक्रम बोहरा,बेष्ट सेटर ज्ञानज्योतिका सुवास कवर,वेष्ट लिब्रो ग्रेट अरनिकोका अविशेक वली र वेष्ट सर्भर ज्ञान ज्योतिका मनिष मानन्धरलाई क्रमशः जनही २५ सयका दरले नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो । तीन दिन सम्म संचालित प्रतियोगिता १२ टिमको सहभागिता रहेको थियो।

यसैबिच प्रतियोगिताको समापन समारोह नेपाली कांग्रेस तुलसीपुर नगर सभापती सुरेश हमालको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री माननीय दिपक गिरीको प्रमुख आतिथ्यमा भएको थियो ।

सो अबसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरी ,नेपाली कांग्रेस क्षेत्र नम्बर  ३ 'ख'  का सभापति खिमबहादुर वली, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत लगायतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए। कार्यक्रमको संचालन नेपाली कांग्रेस तुलसीपुर नगर सचिब बिमल पौडेलले गरेका थिए।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्