रोमानियाली समकक्षीबीच परराष्ट्रमन्त्री आरजुको भेटवार्ता, दुई देशको हितमा छलफल

शनिबार, असोज ५, २०८१
Neuro hospital Nepalgunj

क्यानाडा । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र रोमानियाकी विदेशमन्त्री लुमिनिता ओडोबेस्कूबीच क्यानाडाको टोरन्टोमा द्विपक्षीय भेटवार्ता भएको छ । 

सो भेटवार्ताका क्रममा नेपाल रोमानिया सम्बन्ध तथा दुई देशबीचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । 

क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा राणा हाल क्यानाडामा छिन् ।

सो भेटवार्ताका क्रममा नेपालका हाइड्रोपावर लगायतका विभिन्न क्षेत्रमा लगानीका लागि मन्त्री डा राणाले उनीमार्फत् रोमानियाली सरकार र त्यहाँका लगानीकर्ताहरुलाई आग्रह गरेकी थिइन् । 

वार्तामा रोमानियाली विदेशमन्त्री लुमिनिताले नेपालमा जलस्रोत व्यवस्थापन, पर्यटन र शिक्षाका क्षेत्रमा काम गर्न सकिने गरी चाख देखाएकी थिइन् । 

त्यस्तै दुई देशबीचको द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो ।  

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १९:२२
प्रतिक्रिया दिनुहोस्