यसपालीको दशैंको टीकाको साइत ११ बजेर ३६ मिनेटमा

शनिबार, असोज ५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं  । यो वर्षको बडा दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ। 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत रहेको जनाएको छ । देवी विसर्जन गरिसकेपछि मान्यजनबाट टीका जमरा ग्रहण गरिन्छ । सो दिन टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्नेछ ।

यो वर्षको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको छ । २४ गते फूलपाती छ । 

अष्टमी र नवमी असोज २५ गते एकै दिन परेको छ । असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा छ। कोजाग्रत पूर्णिमादेखि दशैंको सकिन्छ ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्