भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

शनिबार, असोज ५, २०८१
Neuro hospital Nepalgunj

चितवन। चितवनस्थित भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

चितवन प्रहरीका अनुसार आज बिहान १ बजे शहीदचोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००२ प ३१४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई भरतपुर-२ लिलाचोक नजिक     दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका नवलपुर गैंडाकोट-५ कांग्रेसचोकका २६ वर्षीय रबिन थापा र लमजुङको दुधपोखरी-६ का ४० वर्षीय पूर्णबहादुर गुरुङको उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

उनीहरु दुबै जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको  छ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्