सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन आज सार्वजनिक गरेको हो ।
सार्वजनिक प्रतिवेदनमा सहकारी प्रकरणमा २९ जना फरारको सूचीमा रहेको संसदीय छानबिन विशेष समितिले जनाएको छ । समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९ व्यक्ति फरारको सूचीमा रहेको र उनीहरुलाई उपलब्ध गराइदिन सरकारलाई निर्देशन दिइएको जनाइएको छ ।
फरारको सूचीमा रहेकाहरु जीबी राई, भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्व श्रीमती ज्योति गुरुङलगायत रहेका छन् ।
फरार रही समितिमा उपलब्ध हुन नसकेका सहकारी सञ्चालकलाई उपस्थित गराइदिनका लागि सरकारलाई निर्देशन दिइएका व्यक्तिहरूको सूची यस्तो छ-
१- स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका गितेन्द्रबाबु (जीबी) राई, हाल मलेसिया ।
२- सुमेरू मचत तथा ऋण सहकारी संस्थाका भरत महर्जन, राजनाया महर्जन, सचिन महर्जन, सरला महर्जन र निमित्तराज श्रेष्ठ, सबै हाल बेलायत ।
३-सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका नबहादुर बम्जन, हाल अमेरिका ।
४- सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका धानवहादुर बुढामगर, भुपेन्द्र राई, हालको अवस्था अज्ञात ।
५-शिवशिवर बहुउद्देश्यीय सहकारी संस्थाक तेजबहादुर बम्जन९तामाङ०, हाल भारतरयुरोप रहेको आशंका ।
६-इमेज बचत तथा ऋण सहकारी संस्थाका देवकुमार नेपाली, छेला नेपाली र दीपक पौडेल, हाल भारतमा ।
७- सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका तस्बिरन खातुन र असरफ अली, हालको अवस्था अज्ञात ।
८- सहारा बचत तथा ऋण सहकारी संस्थाक सागर केसी,
९-दिनेश रोशा र हेमन्त अधिकारी, हालको अवस्था अज्ञात ।
१०- शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लीलानाथ गौतम, हालको अवस्था अज्ञात ।
११- नमस्ते वचत तथा ऋण सहकारी संस्थाका विष्णु प्रसाद रिमाल, हालको अवस्था अज्ञात ।
१२- मेघा ड्रिम महुउद्देश्यीय सहकारी संस्थाका महाशंकर रेग्मी, हलको अवस्था अज्ञात ।
१३- कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका प्रेमध्वज लामा, हालको अवस्था अज्ञात ।
१४- स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाका राजेश श्रेष्ठ, हाल फरार ।
१५- प्रभु सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभका बुशचन्द्र श्रेष्ठ, हाल फरार ।
१६- मितेरी वचत तथा ऋण सहकारी संस्थाकी ज्योति गुरुङ, हाल फरार ।
१७- आर्जन बचत तथा ऋण सहकारी संस्थाका दीपक थापा ।
१८- सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बुद्धि गुरुङ ।
१९ - सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका राधेचन्द्र यादव ।
२०- क्यापिटल सेभिड एण्ड क्रेडिट को-अपरेटिभका दिनेश पौडेल ।
सबै सूची-