अष्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदुतविरुद्ध उजुरी दिन आह्वान

शुक्रबार, असोज ४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

राजदूतामा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाइ हुन बाँकी रहेकाले समितिले आज एक सूचना जारी गर्दै बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध उजुरी दिन आह्वान गरेको हो ।

समितिले आजदेखि १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सक्ने बताएको छ ।

सेवा परराष्ट्र मन्त्रालयकी सचिव हुन् भने चित्रलेखा नेपाली कांग्रेसकी नेतृ एवं पूर्व मन्त्री हुन् । 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्