माओवादी निकट अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि

शुक्रबार, असोज ४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ  । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन यही असोज १० देखि शुरु हुने भएको छ । 

असोज १० देखि १२ गतेसम्म काठमाडौँमा हुने सम्मेलनको उद्घाटन प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसको प्रांगणमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् ।

सम्मेलनअन्तर्गत ११ गते विधान प्रतिवेदन प्रस्तुत हुने र १२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने बताइएको छ । यसअघि तय भएको सम्मेलन नेतृत्वबीच सहमति हुन नसक्दा पटक पटक सर्दै आएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्