कांग्रेस नेता पोषण केसीले सर्बोत्कृष्ट छात्रालाई प्रदान गरे छात्रवृत्ति

बिहीबार, असोज ३, २०८१

नेपालगञ्ज । नेपाली कांग्रेसका नेता पोषण केसीले सर्वोत्कृष्ट अंक ल्याएकी छात्रालाई छात्रबृत्ति प्रदान गरेका छन् ।

उनले आफ्नो स्वर्गीय बुवाको नाममा स्थापना गरेको १ लाखको अक्षयकोषबाट छात्रबृत्ति प्रदान गरेका हुन् । 

केसीले आफूले अध्ययन गरेको र अध्यापन गराएको राप्तीसोनारी-१ कुसुमस्थित कुसुमेश्वर माध्यमिक विद्यालयको बार्षिक परीक्षामा सर्बोत्कृष्ट अंक ल्याई प्रथम हुने विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने गरी अक्षयकोष स्थापना गरेका हुन् ।

शैक्षिक सत्र २०८० (कक्षा ८-१२)  को बार्षिक परीक्षामा सर्वोत्कृष्ट अंक ल्याई प्रथम भएकी कक्षा ९ मा अध्यनरत छात्रा पुनम चौधरीलाई रू. ५१०० छात्रबृत्ति प्रदान गरिएको छ ।

उनले बुवाको सम्झनालाई चिरस्थायी बनाउन अक्षयकोष स्थापना गरेको बताए । राप्तीसोनारी १ लौकी निवासी केसी नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति  तथा नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन् ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्