कोहलपुरमा दशैं-तिहार लक्षित 'यात्रु सहायता कक्ष' स्थापना

बिहीबार, असोज ३, २०८१
Neuro hospital Nepalgunj

कोहलपुर । बाँकेको कोहलपुरस्थित नयाँ बसपार्कमा दशैं तिहार लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ । 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बडादशैं, दिपावली तथा छठ लगायतका चाडपर्वहरुको अवसरमा यात्रुहरुलाई पर्न जाने समस्याहरुको सहजीकरणका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी धर्मराज भण्डारीले यात्रु सहायता कक्षको उद्घाटन गरेका हुन् ।

यात्रु सहायता कक्ष स्थापना कार्यक्रममा यातायात व्यवसायी, स्थानीय निकाय, यात्रुहरु र सवारी चालक तथा सहचालकहरुको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्