राप्तीसोनारी लालपुर दुर्घटना अपडेट: अजयको मृत्युसँगै मृतकको संख्या तीन पुग्यो

तीन मृतकमध्ये दुई जना शिक्षक
बिहीबार, असोज ३, २०८१
Neuro hospital Nepalgunj

बाँके । बाँकेको राप्तीसोनारीको लालपुर मोटरसाइकल दुर्घटनामा थप एक जनाको मृत्युसँगै मृतकको संख्या ३ पुगेको छ। 

राप्तीसोनारी गाउँपालिका ४ लालपुर चोकमा बुधबार अपरान्ह साढे ४ बजे दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा राप्तीसोनारी ४ का ३५ वर्षीय रामशरण थारु, राप्तीसोनारी ३ खैरेनीका १८ वर्षीय बसन्त थारु र बर्दियाको राजापुर-४ घर भई हाल राप्तीसोनारी-४ धामपुर बस्ने ३१ वर्षीय अजय दहितको आज बिहान ४ बजे मृत्यु भएको राप्तीसोनारी गाउँपालिका-४ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मीनराज खड्का (सन्तोष)  जानकारी दिएका छन् ।

बुधबार दिउँसो साढे ४ बजे गाउँपालिकाको वडा नम्बर ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा भे १२ प ३९९५  र भे १२ प ४८२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा उनीहरु सबै गम्भीर घाइते भएका थिए।

राप्तीसोनारी- ४ घर भएका भे १२ प ३१९५ का  ३५ वर्षीय चालक रामशरण थारुको बुधबार  साँझ पौने ६ मृत्यु भइसकेको हो भने सोही गाउँपालिकाको वडा नम्बर ३ खैरेनीका  भे १२ प ४८२८ नम्बरका चालक १८ वर्षीय बसन्त थारुको सवा ६ बजे मृत्यु भएको बाँके प्रहरीले जनाएको छ। उनीहरु सबैको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाका तेस्रो मृतक अजय भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडी सवार थिए। दुर्घटनामा घाइते भएका भे१२ प ४८२८ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी-३ खैरेनीका  १६ वर्षीय संगीत थारु र वडा  नम्बर ३  खैरेनीकै २१ वर्षीय संजय थारुको नेपालगन्ज मेडिकल कलेजमा उपचार जारी रहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ। 

वडाध्यक्ष   खड्काका अनुसार मृतकहरुमध्ये रामशरण र दहित श्री ने रा मा बि धामपुरमा शिक्षकका रुपमा कार्यरत थिए।  उक्त विद्यालयमा रामशरण अंग्रेज़ी र दहित अजय बिज्ञान विषयका शिक्षक थिए।

 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्