राप्तीसोनारीको लालपुरमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, तीन जना घाइते

बुधबार, असोज २, २०८१
Neuro hospital Nepalgunj

राप्तीसोनारी (बाँके) । बाँकेको राप्तीसोनारीको लालपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटना तीन जना घाइते भएका छन् ।

आज अपराह्न साढे ४ बजे गाउँपालिकाको वडा नम्बर ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ।

प्रहरीका अनुसार विपरीत दिशाबाट आउँदै गरेका भे १२ प ३९९५  र भे १२ प ४८२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुबै मोटरसाइकल चालकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो। 

प्रहरीले दिएको जानकारी अनुसार राप्तीसोनारी-४ घर भएका भे १२ प ३१९५ का  ३५ वर्षीय चालक रामशरण थारुको आज साँझ पौने ६ मृत्यु भएको हो भने सोही गाउँपालिकाको वडा नम्बर ३ खैरेनीका  भे १२ प ४८२८ नम्बरका चालक १८ वर्षीय बसन्त थारुको सवा ६ बजे मृत्यु भएको हो।

त्यसैगरी भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडी सवार बर्दिया राजापुर- ४ घर भएर हाल राप्तीसोनारी- ४ धामपुर बस्ने ३१ वर्षीय अजय दहित घाइते भएका छन् । उनको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको अवस्था गम्भीर रहेको छ भने  भे१२ प ४८२८ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी- ३ खैरेनीका  १६ वर्षीय संगीत थारु र वडा  नम्बर ३  खैरेनीकै २१ वर्षीय संजय थारु घाइते भएका छन् ।

उनीहरुको पनि नेपालगन्ज मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ। 

 

 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्